ताजा समाचार


निर्देशक निश्चल बस्नेत एक्कासी किन पुगे जुम्ला ?

नेप्लिज संवाददाता ११ चैत्र २०७७, बुधबार १५:१४ (4 महिना अघि)    २७१ जनाले पढ़िसके

काठमाडौं । निर्देशक निश्चल बस्नेत जुम्ला पुगेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र ‘जिन्दावाद’को औपचारिक घोषणा गरेका थिए । अहिले निश्चल सोही चलचित्रको लोकेसनका लागि जुम्ला पुगेका हुन् ।

लोकेसनका लागि केही दिन अघि जुम्ला पुगेका निश्चलले चलचित्रको केही सिन मुगुमा पनि खिचिने बताए ।

निश्चलको यो चलचित्रमा २ अभिनेता सौगात मल्ल र दयाहाङ राईले शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् ।

यस्तै रारा ताल वरिपरिको लोकेसन हेर्न निस्कने तयारीमा रहेको उनको बताएका छन् ।

आगामी वैशाखको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘जिन्दावाद’का लागि अन्य कलाकार भने फाइनल गरिएको छैन ।

यो चलचित्रको कथा साहित्यकार बुद्दिसागरले लेखेका हुन् । वैशाख अथवा जेठमा चलचित्र छायांकन गर्ने तयारी छ ।

निश्चलले ‘लुट २’पछि ‘जिन्दावाद’ निर्देशन गर्न लागेको हुन् ।


प्रतिक्रिया दिनुहोस