ताजा समाचार


काठमाडौं मेयर्स कप क्रिकेटको उपाधि जित्न सफल भएकाेमा नेपाल पुलिस क्लबलाई बधाई

नेप्लिज संवाददाता २९ फाल्गुन २०७७, शनिबार १५:३८ (1 महिना अघि)    १०५ जनाले पढ़िसके

काठमाडौं । नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ६ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गरेको हो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो । उपाधिसँगै पुलिसले ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगीतामा नेपाल पुलिस क्लबका दिपेन्द्र सिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पुलिस क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सर्वोत्कृष्ट चुनिएका हुन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले ५० हजार प्राप्त गरे । यस्तै त्रिभुवन आर्मी क्लबका विनोद भण्डारी उत्कृष्ट ब्याट्सम्यान चुनिए । बागमती प्रदेशका आरियो पौडेल उत्कृष्ट बलर चुनिए । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार प्राप्त गरेका छन् । काठमाडौं मेयर्स कपकाे उपाधि जित्न सफल भएकाेमा हाम्राे तर्फबाट पनि बधाइ ।


प्रतिक्रिया दिनुहोस