ताजा समाचार


छोरी भगाएर भारतमा लगेर बेपत्ता, सक्दो सेयर गरेर सहयाेग गरिदिन बुबाकाे आग्रह

नेप्लिज संवाददाता १९ फाल्गुन २०७७, बुधबार २१:१७ (1 महिना अघि)    १०६ जनाले पढ़िसके

काठमाडौं । गत साउन १७ गतेदेखि बेपत्ता बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २२ वर्षीया तुलसी तिमल्सिनाको खोजी गरिदिन आग्रह गरिएको छ ।

बेपत्ता तुलसीका आफन्तले आज पत्रकार सम्मेलन गरी उनका बारे सत्यतथ्य खोजी गरिदिन आग्रह गरेका हुन् । तुलसीका बुवा शिवराज तिमल्सेनाले गत साउन १७ गते तुल्सीलाई अछाम मङ्गलसेन नगरपालिका वडा नं ६ बस्ने भरत भण्डारीले भगाएर अछाम लगेको र मङ्सिर पहिलो हप्ता भारत लगेर बेपत्ता बनाएको बताउनुभयो ।

तुलसीका काका कृष्ण तिमिल्सेनाले बेपत्ता भएको लामो समय दिँदा पनि अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्यतथ्य पत्ता लगाउन सरकारसमक्ष माग गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस