ताजा समाचार


आलमलाई छुटाउने प्रयास गर्दैै छु : शेरबहादुर देउवा

नेप्लिज संवाददाता १९ फाल्गुन २०७७, बुधबार १६:४९ (1 महिना अघि)    १०७ जनाले पढ़िसके

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताएका छन् । आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको सभापति देउवाले बताउका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्दै उनले इँटाभट्टामा जिउँदै मानिस जला एर मा रेको अभियो गमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको बताए ।

फरक प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे । पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस