ताजा समाचार


जसले प्रधानमन्त्री दिन्छ म उसैलाई समर्थन गर्छु–शेरबहादुर देउवा

नेप्लिज संवाददाता १९ फाल्गुन २०७७, बुधबार १६:३२ (1 महिना अघि)    ११४ जनाले पढ़िसके

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसले आफूलाई प्रधानमन्त्री पद दिन्छ आफूले पनि उसैलाई समर्थन गर्ने बताएका छन् । पदको जिम्मेवारी आए पछि नहट्ने भन्दै उनले आफूलाई प्रधानमन्त्री बनाउने पार्टीलाई समर्थन दिने बताए । चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, –कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।

पुस ५ गते प्रधानमन्त्री केपी अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् । देउवाले भने पार्टीको आधिकारिकता विवाद पहिला समाधान गर्न प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस