ताजा समाचार


यस्ता छन् नेल्सन मण्डेलाका जीवन बदल्ने भनाइहरू

नेप्लिज संवाददाता १८ फाल्गुन २०७७, मंगलवार ०७:३१ (5 महिना अघि)    ३६३ जनाले पढ़िसके

नेल्‍सन मण्डेलाको जन्म १८ जुलाई १९१८ मा दक्षिण अफ्रिकाको भेजोमा भएको थियो । संयुक्त राष्ट्र संघले उनको जन्मदिनलाई ‘नेल्सन मण्डेला अन्तरराष्ट्रिय दिवस’ का रुपमा मनाउने गरेको छ । मण्डेला फोक्सोको संक्रमणबाट लामो समयदेखि बिरामी थिए । उनको ५ डिसेम्बर २०१३ मा निधन भएको थियो । उनले सदैव मानिसको भलाईका लागि काम गरेका थिए । देशमा लोकतन्त्र ल्याउन चलाएको संघर्षका क्रममा उनले आफ्नो अपनीको २७ वर्ष जेलमा काट्नुपरेको थियो । उनी सन् १९९० मा जेलबाट रिहा भए । त्यसपछि मण्डेला दक्षिण अफ्रिकाका राष्ट्रपति र वर्ष १९९४ देखि १९९९ सम्म उनले सत्ता सम्हाले । नेल्‍सनलाई शान्तिका दूत पनि भनिन्छ । नेल्‍सन मण्डेला विश्वभरका मानिसका लागि प्रेरणाका स्रोत पनि हुन् । उनका विचारले मानिसलाई एक नयाँ दिशा देखाउँछन् । तपाईँ हामीले पनि उनको विचारधारालाई अवलम्बन गर्न सकेमा आफ्नो जीवनमा सफलताको शिखर चुम्न सक्छौँ

यस्ता छन् नेल्सन मण्डेलाका जीवन बदल्ने भनाइहरू

१. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।

२. चाहे त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीबाट म जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।

३. एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

४. स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन बल्की यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।

५. जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।

६. जब कुनै खुसियाली मनाइन्छ तब आफू पछी र दोश्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउदछ तब आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन ।

७. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।

८. अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।

९. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेका हुन्छन् ।

१०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।


प्रतिक्रिया दिनुहोस