ताजा समाचार


डोजरले ठक्कर दिएपछि पैदलयात्रीलाई खाल्डो खनेर पुरियो, स्थानीयले डोजरमा आगो लगाईदिए

नेप्लिज संवाददाता १७ फाल्गुन २०७७, सोमबार १९:४७ (1 महिना अघि)    १३८ जनाले पढ़िसके

धादिङ । धादिङको त्रीपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा डोजरको ठक्करबाट महिलाको ज्यान गएको छ । डोजरको ठक्कर पछि महिलालाई डोजर चालकले खाल्टो खनी पुर्न लागेपछि स्थानीय बासिन्दाले डोजरमा आगो लगाईदिएका थिए । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर १ का ४५ वर्षीय सरस्वती कुमाल घाइते भएको र घाइते कुमाललाइ अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा ज्यान गएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।सडक निर्माण गर्नको लागि सडकमा भएको माटो फाल्दै गरेका बेला घाँस काटेर फर्कदै गरेकी कुमाललाइ जेसीवी डोजरले ठ क्कर दिएको थियो । जर चालक र बाटो बनाउने ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस