ताजा समाचार


गौतमबुद्ध रंगशाला बनाउन धुर्मुस सुन्तलीले ११ करोड रुपैयाँको उधारो सामान किने

नेप्लिज संवाददाता १७ फाल्गुन २०७७, सोमबार १५:१३ (1 महिना अघि)    १२७ जनाले पढ़िसके

काठमाडौं । चितवनमा निर्माणाधिन गौतमबुद्ध रंगशालाका क्रममा ११ करोड रुपैयाँको उधारो सामान किनेको पाईएको छ । अहिलेसम्म आर्थिक संकलन भएको भन्दा करिव ११ करोड रुपैयाँ बढि खर्च भएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । रंगशाला निर्माणका लागि बागमती प्रदेशले तीन करोड, भरतपुर महानगरपालिकाले आठ करोड, ललितपुर महानगरपालिकाले २० लाख, रत्न नगरपालिकाले ३० लाख, गरेर कुल ३२ करोड ३० लाख रुपैयाँ संकलन भएको बताइएको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनले सार्वजनिक गरेको हिसावकितावमा तीन अर्व ५५ करोडको लगानी रहेको सो रंगशालामा अहिलेसम्म ३२ करोड ३० लाख २४ हजार रुपैयाँ उठेको र खर्च ४३ करोड, ४८ लाख रुपैयाँ खर्च भएको बताइएको छ । जसका कारण ११ करोड १७ लाख रुपैयाँ आम्दानी भन्दा बढि खर्च भएको जानकारी दिएको छ ।

रंगशाला निर्माणका लागि हुने कुल लागतको नौ दशमलव १० प्रतिशत मात्र रकम संकलन भएको जानकारी दिएको छ । रंगशालाको मैदानको काम ८५ प्रतिशत सम्पन्न भएको र प्यारापिट अन्तर्गतको काम करिव ३० प्रतिशत सकिएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस