ताजा समाचार


यस्तो छ मालिकको ज्यान लिने कुखुराको भाले, भालेलाई अदा लतमा पेश गर्ने तयारी

नेप्लिज संवाददाता १६ फाल्गुन २०७७, आईतवार २०:३६ (1 महिना अघि)    १८५ जनाले पढ़िसके

काठमाडौं । भारतमा आफैंले पालेको कुखुराका कारण कुखुराको मालिकको ज्यान गएको छ । भारतको तेलङ्गाना राज्यमा कुखुराको भालेको जुधाइका क्रममा कुखुराको मालिकको ज्यान गएको हो । कुखुराको भालेको अ वैध जुधाइका लागि एक भालेको पन्जामा चक्कु बाँधिएको थियो । त्यो कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चाकुले उसकै मालिक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएपछि उनलाई अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । यो घट नापछि प्रहरीले यस भाले जुधाइमा सहभागी १५ जनाको खोजी गरिरहेको छ । यो कार्यक्रम तेलङ्गानाको लोतुनुर गाउँमा यसै हप्ताको सुरुवातमा भएको थियो । ती मालिकको ज्यान गएपछि कुखुराको भालेलाई प्रहरी कार्यालय लगिएको र त्यहाँबाट एक फार्ममा पठाइएको बीबीसीमा उल्लेख छ । कुखुराको भालेलाई तयार गरिँदै थियो र त्यही क्रममा उसले भाग्ने कोसिस गरेको थियो ।

भाग्न लागेको कुखुराको भालेलाई उसकै मालिकले समात्ने कोसिस गर्दा च क्कुले लागेर चो ट लागेर ज्यान गएको हो । तर भाले र उसको मालिकका बीच भएको सङ्घर्षमा उसको पन्जामा बाँधिएको सात सेन्टिमिटर लामो च क्कुले लाग्दा मालिक घा इते भएका थिए । एएफपी न्युज एजेन्सी को समाचारअनुसार यस घट नामा सहभागी व्यक्तिमाथि ह त्या, अ वैध सट्टा बाजी र कु खुराको भाले जुधाइको आयोजना गरेको आरोप लगाइएको छ । स्थानीय प्रहरी अधिकारी बी जीवनले कुखुराको भालेलाई आउँदो तारिखमा अदालतमा पेस गरिनेछ । भारतमा कुखुराको भाले जुधाइमा सन् १९६० देखि प्रति बन्ध लगाइएको थियो तर तेलङ्गानाको ग्रामीण क्षेत्रसमेत केही ठाउँमा यो जुधा इ अझै पनि गराइँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस