ताजा समाचार


कोरियन भाषाको परिक्षाको मिती तोक्ने तयारी, यति धेरै संख्यामा कोरिया जान पाउने

नेप्लिज संवाददाता १६ फाल्गुन २०७७, आईतवार १९:४६ (1 महिना अघि)    १२१ जनाले पढ़िसके

काठमाडौं । यो वर्ष ५ हजार नेपाली कामदार कोरिया जान पाउने भएका छन् । भाषा परीक्षा ‘पेपरलेस’ गर्ने तयारी भएको ईपीएस शाखाले जनाएको छ । कोरोनाभाइरसका कारण थलिएको वैदेशिक रोजगारी अझै राम्ररी उठ्न सकेको छैन । सबै प्रक्रिया सकेर बसेका नेपाली युवाहरु गन्तव्य मुलुक जान पाएका छैनन् । यस्तो समयमा कोरियाली सरकारले नेपाली कामदार लैजान लागेको हो ।

सन् २०२० को लागि भएको भाषा परीक्षामा सहभागी ९२ हजारमध्ये करिब १२ हजार उत्तीर्ण भएका थिए । दुई वर्षअघि नै भाषा परीक्षा पास गरेकामध्ये केही अझै पनि भिसा कुरिरहेका छन् । रोजगारीका लागि पठाउन नेपालले त्यहाँको श्रम मन्त्रालयसँग समन्वय गरिरहेको ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले बताएका छन् । कम्बोडियालगायतका देशबाट केही श्रमिक कोरिया गए पनि त्यो ‘ट्रायल’को रूपमा लगिएको छ । नेपालबाट पनि कोरिया जानको लागि तयार भएकाहरुलाई छिट्टै लैजाने तयारी रहेको उनले बताए । कोरियाको रोग नियन्त्रण महाशाखाले नेपाललाई उच्च जोखिममा राखेका कारण अझै नेपालबाट कामदार पठाउन नसकिएको निर्देशक गौतमले बताए ।

यो वर्ष कोरिया जानको लागि पाँच हजारको हाराहारीमा नेपाली युवाहरु सबै प्रक्रिया सकेर बसेका छन् । ‘रोस्टर’मा १० हजारको नाम भए पनि यो वर्ष पाँच हजारजना मात्र जान पाउने उनले जानकारी दिए । सन् २०२१ मा पनि भाषा परीक्षा हुने भएको छ । कोरिया रोजगारीको लागि भाषा परीक्षाको तयारी गर्दै गरेको निर्देशक गौतमले बताए । कहिले भाषा परीक्षा गर्ने भनेर मिति तोकिनसकेको भन्दै उनले पूर्वाधारको काम सकेपछि भाषा परीक्षा हुने बताए ।


प्रतिक्रिया दिनुहोस