ताजा समाचार


सर्वाधिक गोल गर्ने एपीएफकी महिला खेलाडी सापित्रा अबकाे ९ महिना खेल खेल्न नसक्ने

नेप्लिज संवाददाता ४ फाल्गुन २०७७, मंगलवार १८:५५ (1 महिना अघि)    १११ जनाले पढ़िसके

काठमाडौं । खेलका क्रममा घाइते हुनुभएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाएकी छिन् । एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी हुन् । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाईते हुँदै मैदानबाट बाहिरिएकी थिइन् । उनको खुट्टामा चो ट लागेको छ । सावित्राको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ । उनको शल्यक्रिया गर्नु पर्नेछ । ‘डाक्टरले अप्रेसन गर्नु पर्छ भनेको छ । एसिएल गएको छ ।

डाक्टरले ९ महिना आराम गर्नुपर्छ भनेको छ,’ सावित्राले भनिन् । योसँगै सावित्रा भण्डारी लामो समय मैदान बाहिर रहने भएकी छिन् । राष्ट्रिय महिला लिग अन्तर्गतको सोमबार चोट बोकेकी सावित्रा करिब ९ महिना मैदान बाहिर रहने भएकी हुन् । भण्डारीले सोमबार भने गर्न सकेनन् । उनले हालसम्म १० खेलमा ४३ गोल गरेकी छिन् । महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो । एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ । एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस