ताजा समाचार


कोरोना लागेयता खानेकुरा देख्दा बान्ता आउँछ किन ?

नेप्लिज संवाददाता २ फाल्गुन २०७७, आईतवार २०:२० (1 महिना अघि)    ११७ जनाले पढ़िसके

काठमाडौं । कोभिड–१९ लाग्नु अघि क्लेयर फ्रीअरलाई खानेकुरा खान समस्या थिएन । कोभिड(१९ पछि अस्थायी रूपमा स्वाद गुमाएको धेरै मानिसहरूले बताइरहेका छन्। निको हुँदै जाँदा साधारणतया स्वाद फर्कने भएपनि कैयौँले फरक अनुभव गरिरहेका छन्। मीठो बास्ना आउने खानेकुरा, साबुन, आफ्ना प्रिय मान्छेको बास्ना नमीठो महसुस गरेको उनीहरू बताउँछन्। परोजमिया भनिने उक्त अवस्था भएका मानिसहरूको सङ्ख्या बढ्दै गएपनि यकिन तथ्याङ्क छैन। वैज्ञानिकहरूले किन यस्तो भइरहेको छ वा यसलाई कसरी निदान गर्न सकिन्छ भन्ने भेउ पाएका छैनन्।

स्वाद गुमाउनुको पीडा

क्लेअर आफ्नी छोरीसँग रमाइलो गर्दै ( अहिले उनलाई अत्तरको बास्नाले पनि बान्ता आउला जस्तो हुन्छ । आफ्नो चार जनाको परिवारका लागि खाना बनाउँदा क्लेयर फ्रीअरको आँखा रसाउँछ। उनले खानेकुराको गन्धले आफूलाई गाह्रो पार्ने गरेको र ओभन तातो हुन थालेपछि आफूले सहनै नसक्ने गरेको बताइन्। ४७ वर्षकी उनलाई परोजमिया भनिने वास्तविक गन्ध थाहा नहुने समस्या देखिएको ७ महिना भइसक्यो। त्यसले प्रत्येक दिन पीडादायी बनाएको उनको भनाइ छ।

प्याज, कफी, मासु, मदिरा, दन्तमञ्जन, सरसफाइ गर्ने सामग्री र अत्तर सबैले उनलाई बान्ता आउला जस्तो हुन्छ। धाराको पानीले पनि त्यस्तै अवस्था गराएर उनलाई सामानहरू पखाल्न गाह्रो हुन्छ। “म मेरा श्रीमानलाई चुम्बन पनि गर्न सक्दिन,” उनी भन्छिन्। क्लेअरलाई गएको मार्च महिनामा कोरोनाभाइरसको सङ्क्रमण भएको थियो र धेरै मानिसहरूले जस्तै उनले स्वाद गुमाइन्।

मे महिनामा स्वाद पुनः फर्किएपनि जून महिनामा तयारी परिकार नराम्रोसँग गन्हाउने हुन थाल्यो। प्रत्येक पटक चुलो बाल्दा कुनै रसायन वा केही डढेको जस्तो गन्ध आउने उनले महसुस गर्न थालिन् । गर्मी महिना यता उनले पाउरोटी र चीज मात्रै खाँदै आइरहेकी छन् किनभने त्यो मात्रै उनले सहन सक्छिन् ।

क्लेअरका चिकित्सकले आफूले उनको जस्तो समस्या पहिल्यै नदेखेको बताए। त्रास र अन्यौलपछि उनले इन्टरनेटको सहारा लिइन् र एउटा सुँघ्ने क्षमता गुमाएका ६ हजार सदस्य भएको एउटा फेसबुक समूह फेला पारिन् । त्यहाँका लगभग सबै जनाले कोभिड(१९ बाट स्वाद गुमाएका थिए र अन्ततस् उनीहरूलाई परोजमिया भएको भनियो।

कोभिड–१९ महामारीपछि परोजमियाको लहर

एब्सेन्ट नामक उक्त फेसबुक समूहकी संस्थापक क्रिशी केलीले फरक खालको परजमियापछि सडेको, ढुसी परेको मासु, मलमुत्र जस्तो गन्हाउने बताइन्। उनले जूनमा उक्त समूह खडा भएपछि कोभिड(१९ सँग जोडिएका परोजमिया सम्बन्धी समस्याको लहर नै आएको बताइन् ।

कैयौँ मानिसहरूलाई उक्त गन्ध व्याख्या गर्न नै अप्ठेरो परिरहेको छ किनभने उनीहरूले त्यस्तो आफूले कहिल्यै पनि अनुभव नगरेको बताएका छन्। त्यही भएर उनीहरूले आफूले घृणा व्यक्त गर्न प्रयोग गर्ने शब्द प्रयोग गरी उक्त स्वादका बारेमा बताइरहेका छन्।

कोरोनाभाइरस भएका करिब ६५ प्रतिशत व्यक्तिहरूले गन्ध र स्वाद थाहा गुमाएको पाइएको छ र त्यसमध्ये करिब १० प्रतिशतमा वास्तविक भन्दा फरक गन्ध महसुस गर्ने समस्या विकास भएको पाइएको छ। यदि त्यो सत्य हो भने अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण लागेका १० करोड व्यक्तिमध्ये ६५ लाख जतिले कोभिडपछि अझै स्वाद गुमाइरहेको हुनसक्छन्।

अनुसन्धानको अभाव

युनिभर्सिटी अफ रिडिङ्कीमा स्वाद सम्बन्धी वैज्ञानिक डाक्टर जेन पार्करले महामारी अघि दुर्लभ स्वास्थ्य समस्या रहकै समयदेखि परोजमीयाबारे अध्ययन गरेकी थिइन्। त्यस्ता मानिसहरूले एकदमै वाक्क लाग्दो गन्ध महसुस गर्नुको कारण कुनै पनि वस्तुमा हुने केही यौगिकको मात्रै स्वाद उनीहरूले पाइरहेका हुन्छन् र अलग्गै अवस्थामा तिनिहरूको गन्ध एकदमै नमीठो हुन्छ।

उदाहरणका लागि कफीमा सल्फरको यौगिक हुन्छ जुन अरू कणहरूसँग मिसिदाँ त्यसको स्वाद मीठो हुन्छ। तर सल्फर एक्लैको गन्ध राम्रो हुँदैन। एब्सेन्ट परोजमीया फेसबुक समूहका कैयौँ सदस्यहरूसँग काम गर्ने क्रममा पार्कर र उनको टोलीले कफी, तरकारी, फलफुल, धाराको पानी र रक्सी बाहेक मासु, प्याज, लसुन र चकलेटले नियमित रूपमा नकारात्मक प्रतिक्रिया जन्माउने पत्ता लगाएको थियो।

अध्ययनमा सहभागीहरूले ‘बदाम र पैयूँ’ बाहेक अधिकांशको गन्ध आफूलाई मन नपर्ने बताएका थिए। उक्त अनुसन्धानले परोजमिया भएका व्यक्तिमा खराब गन्धको समस्या अस्वाभविक रूपमा लामो समयसम्म रहनसक्ने पत्ता लगाएका थिए। अधिकांश मानिसहरूले कफीको गन्ध केही सेकेन्डसम्म महसुस गर्ने भनिएपनि परोजमिया भएका व्यक्तिमा त्यो घण्टौँ र कैयौँ दिनसम्म पनि अनुभव भइरहने भनिएको छ।

परोजमिया भएको अवस्थामा के गर्ने ?

घरको तापक्रममा राखिएका वा चिसो खानेकुरा खाने । फ्राइ गरिएका खानेकुरा, रोस्ट गरिएका मासु, प्याज, लसुन, अण्डा र चकलेट परोजमिया भएका मानिसका लागि सबैभन्दा खराब खानेकुरा हुन्। मसला कम भएका खानेकुरा जस्तै भात, चाउचाउ, टोस्ट नगरिएको पाउरोटी, उसिनेको तरकारी र सादा दही खानुहोस्। यदि खान गाह्रो भइरहेको छ भने तपाईँले मसला बिनाको प्रोटीनसेक सेवन गर्न ध्यान दिनुहोस्।
श्रोतस् एब्सेन्ट समूह

गन्ध परिवर्तन किन ?

परोजमिया हुनुको कारण नाकबाट स्वाद लिएर मस्तिष्कसम्म जाने फाइबरमा क्षति पुग्नुलाई ठानिएको छ । त्यसरी क्षति पुगेका फाइबर पुनस् विकास हुनसक्ने भएपनि कार दुर्घटना वा भाइरस वा ब्याक्टेरियाको सक्रमणले भएको क्षतिपछि ती फाइबर मस्तिष्कको गलत स्थानमा पुन जोडिएको हुनसक्ने पार्कर बताउँछिन् । यो सिद्धान्त अनुसार समयसँगै परोजमियाको समस्या निको हुन्छ तर पार्करले कति समय लाग्नसक्छ भनेर बताइनन्। बीबीसीबाट ।


प्रतिक्रिया दिनुहोस