ताजा समाचार


कोरोना महामारीको कारण देखाउँदै एकदिवसीय सिरिज स्थगित

नेप्लिज संवाददाता ३० माघ २०७७, शुक्रबार २०:२० (2 महिना अघि)    १५५ जनाले पढ़िसके

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित भएको छ । आइसीसीले कोरोना महामारीलगायतका कारण देखाउँदै हाललाई उक्त सिरिज स्थगित गरेको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । ओमान सिरिजका लागि क्यानले ३२ खेलाडीलाई डेढ साता अघि बन्द प्रशिक्षणमा बोलाएको थियो ।

यसअघि नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने मिति तय गरिएको थियो । लिगमा हालसम्म नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अमेरिका १२ खेलमा १२ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा ओमान १० खेलमा १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस