ताजा समाचार


शहरी विकास राज्यमन्त्री मानन्धरले पाए विश्व कीर्तिमानीको प्रमाणपत्र, भारतका मन्त्रीले हस्तान्तरण गर्नुकाे रहस्य यस्ताे

नेप्लिज संवाददाता २१ माघ २०७७, बुधबार १७:२९ (2 महिना अघि)    १३२ जनाले पढ़िसके

काठमाडौं । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कीर्तिमानीको प्रमाणपत्र पाएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

मन्त्री मानन्धरले गत पुस १० गते सो अवधिमा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा शहरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । मन्त्री मानन्धरसँग आज दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस