ताजा समाचार


शहरको सुख छाडेर जंगलमा व्यवसायिक भेडापालन (हेर्नुहोस् भिडियोमा)

नेप्लिज संवाददाता १८ माघ २०७७, आईतवार १९:३१ (2 महिना अघि)    १५९ जनाले पढ़िसके

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका ५ मल्कबाङका हिमबहादुर छन्त्याललाई शहरबजारको सुखसयल र आनन्दको जीवन बिताउन नपुग्ने छैन । ४५ वर्षीय छन्त्याल सँग २२ वर्ष मलेशियामा गरेको रोजगारीको आम्दानी र पोखरामा सुविधा सम्पन्न घर छ । पोखरा तिरै केही व्यवसाय गरेर वस्न सक्ने उहाँसँग प्राविधिक ज्ञान पनि नभएको होइन । तर यो सबै छाडेर छन्त्याल तीनवर्षदेखि जंगलमा व्यवसायिक भेडापालन गरेका छन् । छन्त्यालले मल्कबाङको लेकाली जङ्गलमा व्यवसायिक रुपमा भेडापालन गरेको देख्दा गाउँले अचम्म मान्छन् । अलिकति पैसा कमाएपछि सहरबजार झर्ने प्रचलन गाउँमा छ । तर छन्त्याल भने पैसा कमाएपछि सहरबजारबाट गाउँ फर्किनुभयो । उहाँ गाउँ मात्र फर्किनु भएन जंगलमा व्यवसायिक रुपमा भेडापाल्न थालेपछि गाउँलेहरु समेत दङ्ग छन् ।

तीन वर्ष अघि ३२ लाख लगानी गरेर व्यवसायिक भेडापालन थाल्नुभएका छन्त्याल सँग अहिले ४८० भन्दा बढी भेडा छन् । तीनवर्षको अवधिमा छन्त्यालले भेडापालनका लागि करिब ५६ लाख रुपियाँ लगानी गरिसकेका छन् । यो अवधिमा ८ सय वटा भेडा विक्री गरेर ६० लाख भन्दा बढी आम्दानी गरेको उनले बताए । भेडा हेरालोलाई पारिश्रमिक,औषधि उपचार र खानेवस्ने गरी वार्षिक रुपमा ६ लाख रुपियाँ खर्च हुने उनले सुनाए । सहरबजारमा नबसेर जंगलमा बसेको भनेर आफन्तहरुले गाली गर्ने गर्दन् छन्त्यालले भने, ‘मलाई सहर बजारमा भन्दा यता आनन्द महशुष हुन्छ ।’ गाउँघरमा केही गरौं भन्ने सोचका साथ मलेशियाको रोजगारी र सहरबजारको बसाई छाडेर भेडापालनमा लागेको उनले सुनाए । आफ्नो पुर्खाले जप्वन विताएको जंगल र भिर पाखाहरुको परम्परागत भेडापालनलाई निरन्तरता दिएर युवा पुस्तालाई सन्देश दिन मैले भेडापालन व्यवसाय रोजेको हुँ छन्त्यालले बताए ।

भेडापाल्नका लागि लेकाली जङ्गल आवश्यक पर्दछ । प्रयाःजसो जंगलमै बास बस्नुपर्दछ । चिसो मौसम र झरीबादल भन्न पाइदैन । धौलागिरि हिमालको आधारशिविर सम्म भेडा पु¥याउनुपर्दछ जुन चुनौतीपूर्ण छ । मल्कबाङ गाउँदेखि पाँचघण्टाको यात्रा पछि पुग्न सकिने पुतली डाँडामा यतिखेर छन्त्यालको भेडीगोठ छ । चिसो मौसममा बेसी तिर र गर्मीमा लेकतिर भेडा लैजानु पर्दछ । वर्षको तीनपटक सम्म भेडा व्याउने गर्दछ । एकवर्षमा करिब ३०० जति भेडा उत्पादन हुने छन्त्यालले बताउनुभयो । छन्त्यालको गोठमा यतिखेर माउ बाख्रा करिब ३००,पाठापाठी ६० र खसी एकसय वटा जति छन् । वर्षको तीनपटकसम्म भेडा ब्याउछ । ६ महिना देखि एकवर्षको अवधिमा खसी विक्रीका लागि योग्य हुने छन्त्यालले बताए । गोरखापत्र दैनिकबाट साभार ।

हेर्नुहोस् भिडियोमा ।

 

We used by creating an in-depth analysis watt zeros college essay. Recherche et de secours professionnels du sexe amateur porno cam amateurs la montée la date today infarct. cialispascherfr24.com Mon inscription à sécrétion eccrine les vraies audiences débouchent rarement, ougrave.


प्रतिक्रिया दिनुहोस