ताजा समाचार


प्रधानमन्त्रीले फेरि बोले झुट, सबै नेपालीले कोरोना खोप पाउन एक वर्षभन्दा धेरै कुर्नुपर्ने

नेप्लिज संवाददाता १५ माघ २०७७, बिहीबार १५:४१ (2 महिना अघि)    १४९ जनाले पढ़िसके

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसवि?द्धको खोप अभियान सु? भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममार्फत भारतले उपलब्ध गराएको कोरोना खोप आम नागरिकल लगाउन अभियान उद्घाटन गनरेका हुन् । खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र सरकारले सबै नेपालीलाई कोरोनावि?द्धको खोप उपलब्ध गराउने बताए पनि सरकारद्वारा गठित विज्ञ समूहका संयोजकले नेपालीहरूलाई कोरोनाभाइरसको खोप दिन कम्तीमा एक वर्षको समय चाहिने बताएका छन् ।

चरणबद्ध रूपमा खोपहरू प्राप्त हुने भएकाले नियमित रूपमा खोप अभियान चलाउँदा पनि अहिले भनिएको नेपालको जनसंख्याको ७२ प्रतिशतलाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने उनको भनाइ छ । गएको साता भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले बुधवारबाट कोभिड(१९ वि?द्धको खोप अभियान आरम्भ गरेको हो । एक व्यक्तिले दुई मात्रा लगाउनुपर्ने अक्सफर्ड(एस्ट्राजेनेकाको भारतमा उत्पादित कोभिशील्ड खोप पहिलो खेपमा चार लाख ३० हजार जनालाई दिइने अधिकारीहरूले बताइसकेका छन् । खोप अभियानको पहिलो दिन अग्रपङ्क्तिमा कार्यरत नौ हजार जनलाई खोप दिइएको थियो ।

के छ चुनौती ?
तर प्रधानमन्त्री ओलीले भने जस्तै तीन महिनामा बाँकी जनसङ्ख्याका लागि पनि खोप उपलब्ध गराउनु चुनौतीपूर्ण हुनसक्ने देखिन्छ । स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ तथा अधिकारीहरू खोप प्राप्तिको विषय विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देश भारतसँग भइरहेका कूटनीतिक छलफलले निर्धारण गर्ने धारणा व्यक्त गरेका छन् । अहिले सम्म सरकारले भारतबाटै खरिद गर्ने लक्ष्य लिइरहेको तर यदि त्यो तत्कालै सम्भव भएन भने कोरोनावि?द्धको खोपसम्बन्धी अभियान कोभ्याक्सबाट हाम्रो जनसङ्ख्याको २० प्रतिशतका लागि खोप कुर्नुपर्ने विज्ञ समितिका संयोजक डा श्यामराज उप्रेतीले बताएका छन् ।

उनले मार्च–अप्रिल महिनासम्म त्यो खोप आउने उनीहरूले बताएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यसै महिना नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन दिल्ली जानुअघि नै नेपालले भारतलाई पत्र लेख्दै नेपालको जनसङ्ख्याको २० प्रतिशतलाई आवश्यक खोप खरिद गर्न सहयोग गर्न अनुरोध गरेको थियो ।

भारतले नेपाललाई दिएको खोपबारे यस्ता छन् थाहा पाउनैपर्ने कुरा ?
उक्त खोप खरिदको सम्झौता हुने या नहुने यकिन नभएपनि प्रयास भइरहेको आफूले बुझेको डा। उप्रेतीले बताएका छन् । प्रधानमन्त्रीको कुराबाट पनि त्यस्तै बुझिने भन्दै उनले भारतबाटै किन्ने र ल्याउने भनेपछि केही त पक्कै भएको उनले बताए । अक्सफर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप विश्वकै सर्वाधिक ठूलो खोप निर्माता कम्पनी सीरम इन्स्टिट्यूटले भारतमा उत्पादन गरिरहेको छ । केही समय पहिले त्यसका अधिकारीसँग दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले छलफल गरेका विवरण आएका थिए ।

कोभ्याक्सबाट खोप आउने आशा
गरिब तथा मध्यम आय भएका देशमा खोपको सहज पहुँच र्पुयाउने प्रयास गरिरहेको कोभ्याक्सले सीरम इन्स्टिट्यूटसँगको सम्झौताअनुसार १० करोड खोपको मात्रा प्राप्त गर्ने सम्झौतालाई कार्यान्वयन गर्न लागिएको पनि उल्लेख गरेको छ । गत साता कोभ्याक्स अभियानले डब्ल्यूएचओले अक्सफर्डरएस्ट्राजेनेकाको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिए सन् २०२१ को पहिलो चौमासिकमा आफ्नो अभियानमा आबद्ध कतिपय देशलाई खोप उपलब्ध गराउन थालिने जनाएको थियो ।

सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा। बुद्ध बस्न्यात झन्डै तीन करोड नेपालीलाई खोप उपलब्ध गराउन सरकार सफल भए त्यो ठूलो कूटनीतिक सफलता हुने बताउँछन् । उनले भारतबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै चीनले अनुमति दिएको भनिएको खोपको अनुसन्धानको विस्तृत विवरण सार्वजनिक नगरिएकाले उक्त खोप हासिल गर्ने दिशामा तत्कालै नेपाल अघि बढ्न सक्ने अवस्था नदेखिएको उल्लेख गरे। बीबीसीबाट साभार।


प्रतिक्रिया दिनुहोस