ताजा समाचार


प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दाेलन गर्ने कांग्रेसकाे घाेषणा, यस्ताे छ तालिका

नेप्लिज संवाददाता १३ माघ २०७७, मंगलवार १७:४३ (1 महिना अघि)    ८७ जनाले पढ़िसके

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसले देशभर आन्दोलनको घोषणा गरेको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिने प्रदर्शन गर्ने घोषणा गरेको हो । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बैठक अस्नुअघि आन्दोलनको कार्यक्रम घोषणा गर्ने सहमति भएको थियो ।

माघ १९ मा भ्रातृ संगठन, २४ मा शुभेच्छुक संघसंस्था र माघ ३० गते पार्टीले देशभर प्रदर्शन गर्न लागेको नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेसले प्रतिनिधिसभा विघटनालाई असंवैधानिक भनेर निर्णय गरिसकेको छ। तर, देउवा र पौडेलबीच आगामी मुद्दा के हुने भन्ने विषयमा फरक धारणा रहेको थियो ।पौडेल प्रतिनिधिसभा पुनर्स्थापनाको विषयलाई लिएर कांग्रेसले सडक आन्दोलन गर्नुपर्ने बताउँदै आएका छन् भने देउवा विघटनको विषयमा अदालतमा विचाराधीन रहेको भन्दै आन्दोलन गर्न नहुने पक्षमा रहेका थिए।

मंगलबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति पनि खेद प्रकट गरेको छ। प्रवक्ता शर्माका अनुसार अर्को पक्षको आलोचना गर्नु स्वभाविक भए पनि ओलीको अभिव्यक्ति तिक्त भएको ठहर कांग्रेसले गरेको छ। त्यस्तै कांग्रेसले सोमबार नागरिक समाजले गरेको आन्दोलनमा बल प्रयोग गरेको प्रति पनि आपत्ति जनाएको छ।उसले विरोध गर्न पाउने नागरिकको मौलिक हकको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस