काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा भइरल भएका अर्जुज बिक समातिएका छन् । कैलालीकी एक युवतीलाई ४ बर्षम्म बन्ध क बनाएर जबर जस्ती क र णी गरेको आरोपमा उनलाई समातिएको प्रहरीले जनाएको छ । भजनी नगरपालिका–४ कि एक युवतीलाई ४ वर्षसम्म ब न्ध क बनाएर ब ला त्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका २ साँडेपानी बस्ने विकलाई प्रहरीले समातेको हो । विकले ति युवतीलाई काठमाडौँमा बन्धक बनाएर जबर जस्ती क र णी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताएका छन् । साउन १५ गते युवतीलाई कोठामै राखेर विक भागेका र जाहेरीपछि विकलाई समातिएको विष्टले बताए । इकाजले लेखेको खबरअनुसार उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले माघ ८ गते काठमाडौस्थित तिनकुनेबाट समातेको हो ।
पक्राउ परेका विक केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका थिए । अर्जुनले सुनाएको एकोहोरो कथामा विश्वास गरेर युट्युब च्यानलहरूले उनलाई निकै साथ दिएका थिए । श्रीमतीले छोडेर गएपछि आफूले दुई वर्षको बच्चालाई सधैं यसैगरी पिठ्युँमा बोकेर रिक्सा चलाउने गरेको उनको भनाइ थियो । आफ्नो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बाँधेर बोक्दै ठेला गुडाएको अर्जुनको फोटो भाइरल भएको हो । सरु सुनारले खिचेको त्यो तस्बिरले धेरैको मन तानेको थियो ।