ताजा समाचार


राष्ट्रपतिबाट अर्को सरकार गठनकाे अनुमति पाउने अपेक्षासहित प्रधानमन्त्रीले दिए राजिनामा

नेप्लिज संवाददाता १३ माघ २०७७, मंगलवार १६:३८ (1 महिना अघि)    १३६ जनाले पढ़िसके

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त बनिरहेको छ । विभिन्न देशमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको छ । कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै प्रभाव इटलीमा पर्यो । इटलीमा २४ लाख ७५ हजारभन्दा धेरै व्यक्तिहरु कोरोनाबाट संक्रमित भएका छन् । त्यसमध्ये झण्डै ८६ हजारले ज्यान गुमाएका छन् । कोरोना संक्रमित देशहरुमध्ये आठौँ स्थानमा रहेको इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफूले महामारी नियन्त्रण गर्न नसकेको भन्दा पदबाट बाहिरिएका छन् ।

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना भएपछि इटलीका प्रधानमन्त्रीले रा जी ना मा दिएका हुन् । सिनेटमा स्पष्ट बहुमत हात पार्न नसकेका प्रधानमन्त्री कोन्टेले राष्ट्रपतिबाट अर्को बलियो सरकार गठन गर्ने अनुमति पाउने अपेक्षा गरेका छन्। तर त्यसो हुन सकेन भने अरू कसैले नयाँ सरकार गठन गर्न पाउनेछन् र नयाँ निर्वाचन हुन सक्छ।

कोन्टेले सन् २०१८ देखि दुई पटक गठबन्धन सरकारको नेतृत्व गरेका छन्। गत साता उनी तल्लो सदनमा अविश्वासको प्रस्तावबाट जोगिन सफल भएका थिए। सिनेटमा उनले आफ्नो पक्षमा समर्थन जुटाउन सके पनि स्पष्ट बहुमत भने नपाएका बीबीसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस