ताजा समाचार


तस्बिरमा हेर्नुहोस् मुख्यमन्त्री राई र मोडल जाङ्मुको विवाह

नेप्लिज संवाददाता ११ माघ २०७७, आईतवार १६:४३ (1 महिना अघि)    १५८ जनाले पढ़िसके

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र जाङ्मु शेर्पाबीच विवाह भएको छ । ४९ वर्षीय राईले आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी बनाएका हुन् । उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए। विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका थिए भने उनीहरुको परम्परागत विधिबाट विवाह सम्पन्न भएको हो । काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबिच राईले विवाह गरेका हुन् ।


मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्। प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन् । मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।


प्रतिक्रिया दिनुहोस