ताजा समाचार


आज शेरधन राईको विवाह, बालिका खड्काले फेरि मुद्दा हाल्ने तयारी (भिडियोसहित)

नेप्लिज संवाददाता ११ माघ २०७७, आईतवार १०:०७ (1 महिना अघि)    १७५ जनाले पढ़िसके

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आज विवाह हुँदै छ । राईले प्रेम गरेको बाहानामा खुलेआम कर णी गरेको भन्दै आफु नै शेरधनको श्रीमती हुँ भन्ने बालिका खड्काले आज जाङ्मुसंग विबाह बन्धनमा बाँधिन लागेका राईलाई फेरी अर्को मुद्दा हाल्ने तयारी गरेकी छिन् । शेरधनसंग आफ्नो सम्बन्धमा अदालतमाविचाराधिन रहेको समयमा शेरधनले अर्को विबाह गर्न नपाउने उनको भनाई छ ।

शेरधनको विबाहको ठीक एक दिन अघि मात्र बालिकाले एक अन्तरवार्तामा आफुलाई अदालतले शेरधनसंगको सम्बन्ध विच्छेदको कुनै कागज पत्र नदिएको हुँदा आफु नै शेरधनको श्रीमती रुपमा रहेको बताएकी थिईन् । बालिकाले शेरधनलाई मात्र नभई उनीसंग विबाह गर्न लागेकी जाङ्मुलाई पनि बहुविबाहको मुद्या हाल्ने बताएकी छन् । उनले शेरधनको यो विबाहलाई दोश्रो विबाह हुन लागेको पनि बताएकी छन् । बालिकाको भनाई अनुसार शेरधनले उनीसंग सम्बन्ध विच्छेद नगरीकन अरुसंग बिहे गर्न पाउँदैनन् ।

यस विषयमा बालिका भन्छिन्, ‘मैले पाएको जानकारी अनुसार शेरधनले विबाह गर्न लागेका जाङ्मु जम्मा १८ वर्षकी छिन् रे । तर शेरधन त ५६ वर्षका छन् । एउटी नातिनीका उमेर बराबरको नाबालीकासंग विबाह गर्दैछ शेरधनले भन्ने सुनेको हुनाले मेरो हिसाबमा यो विबाह बालविबाह हो । र यस्मा पनि उनलाई मुद्या लाग्न सक्छ ।’ बालिकाले जाङ्मुलाई छा’डा संस्कृतीबाट आएकी केटी भनेर पनि सम्बोधन गरेकी छन् ।

विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी, केही कुटनीतिज्ञ र चुनिएका पत्रकारहरुलाई मात्र निमन्त्रणा गरिएको छ । विवाह समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको छ । भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ । उहाँहरुबीच झण्डै दुई दशक बढी उमेर अन्तर रहेको छ । यो खबर ताजाखबरले लेखेको छ ।

हेर्नुहोस् भिडियोमा


प्रतिक्रिया दिनुहोस