ताजा समाचार


रेलमार्गमा टिकटक बनाउँदा ज्यान गयो

नेप्लिज संवाददाता १० माघ २०७७, शनिबार १९:५० (1 महिना अघि)    ११५ जनाले पढ़िसके

काठमाडौं । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको ज्यान गएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट ज्यान गएको हो । पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार यस्तो भएको हो ।

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको विभिन्न संचारमाध्यमले खबर लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस