ताजा समाचार


वैशाखका लागि घोषित चुनाव नहुने, मंसिरमा सार्ने प्रधानमन्त्री ओलीको यस्तो तयारी

नेप्लिज संवाददाता ९ माघ २०७७, शुक्रबार १०:०९ (1 महिना अघि)    १०१ जनाले पढ़िसके

काठमाण्डु । प्रधानमन्त्री केपी ओलीले आगामी १७ र २७ वैशाखमा घोषित मध्यावधि निर्वाचन मिति सार्ने तयारी गरेका छन् । विविध कारणले वैशाखमा निर्वाचन नहुने लक्षण देखिएको भन्दै ओलीले चुनाव सार्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मंसिरका लागि अर्को चुनावको मिति घोषणा गर्ने गृहकार्य भइरहेको छ ।

प्रतिनिधिसभा विटघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दा, निर्वाचन आयोगमा नेकपाका दुई समूहमध्ये कसलाई आधिकारिता दिने भन्नेबारे देखिएको अन्यौल, ओली समूहबाहेक सबै दल र नागरिक समाजले आन्दोलन घोषणा गरेको र आर्थिक अभावलाई बहाना बनाएर निर्वाचन मिति सार्ने तयारी भएको हो । ‘विविध कारणले वैशाखमा निर्वाचन हुने देखिँदैन’, ती मन्त्रीले भने, ‘अब मंसिरमा गर्ने गरी अर्को मिति घोषणा हुन्छ ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट काम गर्न नदिएको भन्दै गत ५ पुसमा प्रतिनिधिसभा भंग र मध्यावधि निर्वाचन घोषणाका राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले संसद विघटनको सिफारिस सोही दिन सिदर गर्दै १७ वैशाखमा पहिलो चरण र २७ वैशाखमा दोश्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् । काठमाण्डुटुडेबाट साभार ।


प्रतिक्रिया दिनुहोस