ताजा समाचार


भारतले नेपाललाई अनुदानस्वरुप १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने, बिहीबारदेखि आउन थाल्ने

नेप्लिज संवाददाता ७ माघ २०७७, बुधबार १४:५२ (1 महिना अघि)    १३८ जनाले पढ़िसके

काठमाडौं । भारतले नेपाललाई अनुदानस्वरुप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरुप पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको अनुदानमा उपलब्ध गराएको जानकारी गराएको हो । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पत्रकार सम्मेलनमार्फत बताएका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई खोप दिईने मन्त्रालयको तयारी रहेको छ । मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको भन्दै खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद दिएका छन् ।

उनले नेपालले पनि खोप खरिदको तयारी गरिरहेको जानकारी दिएका छन् । त्यसका लागि आर्थिक र प्रशासनिक रुपमा कुनै पनि जटिलता नभएको स्वासथय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको छ । अफगानिस्तान, श्रीलङ्का र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस