ताजा समाचार


जसको शक्ति उसैलाई पहिले कोरोनाविरुद्धको खोप, डब्ल्युएचओले यसबारे मुख खोल्यो

नेप्लिज संवाददाता ६ माघ २०७७, मंगलवार ०७:५८ (1 महिना अघि)    १२८ जनाले पढ़िसके

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले विभिन्न देशहरूलाई आफ्ना निम्ति कोरोाना भाइरसविरुचको खोप जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी दिएका छन् । डब्लुएचओका महानिर्देशक गेहब्रेयससले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताएका छन् । कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताईएको छ । उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन् ।

सोमवार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले आफूले केही खरो बोल्नु पर्ने भएको भन्दै विश्व नैतिक विफलताको डिलमा पुगेको बताएका छन् । उनले यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नै बताएका छन् । आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, ‘अन्ततः यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ ।’ संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए । हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् । हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन् ।

यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् ताकि देशहरूलाई एकताबद्ध पारेर औषधि कम्पनीहरूसँग मोलतोल गर्न सकियोस् भन्ने लागेको उनको तर्क रहको छ । यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन् । पाँच खोप उत्पादकसँग दुई अर्ब मात्राको खोप आपूर्ति सुनिश्चित गरिसकेको भन्दै उनले थप एक अर्ब मात्राको पनि विकल्प रहेको बताएका छन् । विश्वमा सबैभन्दा छिटो आफ्ना जनसंख्यालाई कोरोनाभाइरसको खोप दिलाउँदै आएको इजरेलले खोप निर्माता कम्पनी फाइजरसँग उसको सम्झौताबारे विवरण सार्वजनिक गरेको छ । इजरेली सरकारले देशमा समुदायस्तरमा प्रतिरोध क्षमता वा हर्ड इम्युनिटी कहिलेसम्म भइसक्छ भन्ने आकलन गर्न खोप लगाएका बारे सूचना तत्काल सम्प्रेषण गरिरहेको छ ।

सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार इजरेलले द्रुत गतिमा आपूर्ति सुनिश्चित् गर्न बढी पैसा तिरेको छ । इजरेल सरकारका अनुसार उसले फाइजरलाई दिएको आँकडाले कोभिडबारे विश्वव्यापी अनुसन्धानलाई सघाउ पुग्नेछ तर आलोचकहरूले चाहिँ गोपनियता तथा नैतिकताका चिन्ता व्यक्त गरेका छन् । साथै धनी देशहरूलाई उपलब्ध अनुचित फाइदालाई पनि यसले उजागर गरेको बताइएको छ । हालसम्म इजरेलले २० लाखभन्दा धेरै वा एक चौथाइ जनसङ्ख्यालाई खोप दिलाइसकेको छ । क्यानडाको पनि आलोचना भएको छ। उसले प्रत्येक क्यानडेलीलाई पाँच पटक लगाउन पुग्ने मात्राको खोप अर्डर गरिसकेको बताइएको छ । डिसेम्बरमा प्रतिक्रिया दिँदै क्यानडाकी अन्तर्राष्ट्रिय विकासमन्त्री क्यारिना गुल्डले ती आरोप अस्वीकार गर्दै खोपको आपूर्ति नै नभइकन यस्ता कुरा गर्नु यथार्थपरक नहुने बताएकी थिइन् । बीबीसी नेपालीबाट साभार ।


प्रतिक्रिया दिनुहोस