ताजा समाचार


‘चुनावमा जाने निर्णयलाई प्रतिगमन भनिदैन, यो आवश्यकताले निम्त्याएको अग्रगामी कदम हो’

नेप्लिज संवाददाता ५ माघ २०७७, सोमबार १८:५० (2 महिना अघि)    ४१९ जनाले पढ़िसके

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहका विद्यार्थी नेता आरसी लामिछानेले प्रतिनिधिसभा विघटन परिस्थितिले माग गरेको आवश्यकताको कदम भएको बताएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले झट्ट हेर्दा अस्वभाविक ठान्नेहरुले यसको भित्रि आवश्यकता के हो भन्नेबारे बुझ्नुपर्ने उनले बताएका छन् । सर्वोच्चको फैसला कुर्ने र स्विकार्ने धैर्यता गुमाएका, जनता तर्फ फर्कने हिम्मत हराएकाहरु सुर न बेसुर सङ्ग कराउनु निर्बाचनमा जान डराउनु मात्रै भएको उनले बताए ।

उनको भनाई जस्ताको त्यस्तैः
संसद बिघटन झट्ट हेर्दा अप्रत्याशित ,अस्वभाविक ठान्नेहरुले बुझ्नु पर्छ । यो परिस्थितिले माग गरेको अत्यावश्यक कदम थियो। नेकपा भित्रकै मित्रहरूको अपवित्र खेलको उपजको रुपमा उब्जिएको उक्त कदम शतप्रतिशत संबिधान सम्मत छ, छैन भन्नेहरुको ब्याख्या अनुरुप संविधानको बर्खिलाप भए पुनर्स्थापना भैहाल्छ । सर्बोच्चको फैसला कुर्ने र स्विकार्ने धैर्यता गुमाएका ,जनता तर्फ फर्कने हिम्मत हराएकाहरु सुर न बेसुर सङ्ग कराउनु निर्बाचनमा जान डराउनु मात्रै होइन पार्टी एकतामा आच पुर्याउने आफ्ना गतिविधि प्रतिको प्रायस्चितस् सहित चित्कार हो।न्यायलय तथा राज्यका बिभिन्न अङ्गहरु माथि प्रहार गर्ने हिजोको प्रचण्ड पथिय गलत अध्यारो सुरुङ्गमा भुलेर प्रवेश गर्नुभएका नेकपा अध्यक्ष क। घनश्याम लगायत सबै कमरेडहरु ‘टक्क अडिनुस गम्भीर भएर सोच्नुहोस, दिमाग नचाउनुस, खुट्टा घुमाउनुस मुल मार्गमा सङ्गै हातेमालो गर्दै अगाडि बढौ’।

मध्यावधि तपाई हाम्रा गतिविधि जनता बाट अध्यावधि गर्ने उपयुुक्त बिधि हो। चुनावमा जाने निर्णयलाई प्रतिगमन भनिदैन। यो आबस्यकताले निम्त्याएको अग्रगामी कदम हो। पार्टी आधिकारिकता निर्बाचन आयोगको निर्णय वमोजिम हुनेछ। संसद विघटनबारे सर्बोच्चले संविधान बमोजिम फैसला दिनेछ। आफ्ना स्वाद अनुसारको निर्णय नहुने,संवैधानिक ब्यबस्था र बस्तुगत अवस्था बोध भएपछि बौलाउन लाग्नुभएकाहरुमा साधुवाद।नेताहरुको मस्तिष्कमा चिथोरौ,कोपरौ जस्तो भावना मौलाए लोकतन्त्र धरापमा पर्छ , हाल सम्म ठिक ढङ्गले सोच्न सक्ने अबस्थामा रहनु भएका आज ओलिसङ्ग झोक्किनु भएका पार्टी रुपि पहरामा टाउकै फोर्ने गरि ठोक्किनु भएकाहरु भोलि भिमकाय पार्टीकै अध्यक्ष, देशकै प्रधानमन्त्री हुने संभावना सकिएको थिएन, बैलैमा सोचौँ । पार्टी,संगठन मजबुत बनाउदै निर्बाचन केन्द्रित गतिविधिमा सम्पूर्ण शक्ति परिचालन गरौँ। आज नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलिलाई अपदस्त गर्न अपनाईन खोजिएको यन्त्र भोलि तपाईहामी माथि बज्रने षड्यन्त्रका सुत्रहरु हुन,तिनलाई बैलैमा निर्मुल पार्नु हरेक नेकपाका नेता कार्यकर्ता सहित देशभक्त जनताको बर्तमानको दायित्व हो।

मिथ्या प्रचारहरुको डटेर सामना गरौँ।
सत्यको पक्षमा आवाज बुलन्द पारौँ।।


प्रतिक्रिया दिनुहोस