ताजा समाचार


चन्द्रमाको सतहमा पानी रहेको पुष्टि, मानव बस्ती विकास गर्न सकिने

नेप्लिज संवाददाता ११ कार्तिक २०७७, मंगलवार ०९:१७ (5 महिना अघि)    २२६ जनाले पढ़िसके

एजेन्सी । चन्द्रमाको सतहमा पानी रहेको पुष्टि भएको छ । चन्द्रमाको घमाइलो सतहमा पानी उपलब्ध रहेको पुष्टि भएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । नासाका अनुसार चन्द्रमाको घमाइलो सतहमा पानी र पानीका केमिकल कम्पाउण्ड भेटिएको छ । यसको अर्थ चन्द्रमाको घमाइलो सतहमा मानव बस्ती विकास गर्न सकिन्छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा हिउँ भेटिएको थियो । अहिले नै फेला परेको पानीलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्न नसकिए पनि चन्द्रमाका बारेमा थप जान्न वा सो प्रक्रियाका लागि भने अति ठूलो उपलब्धी रहेको नासाका वैज्ञानिकहरुले दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस