ताजा समाचार


महाविर पुनले ४५ बर्षपछि पाए नयाँ सुट : जुत्ता ६ वर्षअघिकै, खुसीले गदगद हुँदै लेखे यस्तो स्टाटस

नेप्लिज संवाददाता २ कार्तिक २०७७, आईतवार १९:४५ (5 महिना अघि)    ३७१ जनाले पढ़िसके

काठमाडौं । राष्ट्रिय आविश्कार केन्द्रका महाविर पुनले आफ्नो जिन्दगीको दोस्रो पटक नयाँ सुट लगाउन पाएको भन्दै खुसी भएका छन् । ४५ बर्षपछि आफूले दशैमा नयाँ कपडा पाएको उनले बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ कपडा आफैंलाई नै नापेर सिलाई दिएका र पुरानो जडौरी नभएको बताएका छन् । सुट नयाँ भए पनि जुत्ता चाहिं ६ बर्ष पुरानो भएको भन्दै उनले धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर आफूहरुलाई कचकच् गरिरहेकोमा अब कचकच गर्ने साथीहरु चुप लागेर बस्न भनेका छन् । नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर आफूले केही दिनअघि गरेको बाचा पुरा गरेको भन्दै उनले दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्न भनेका छन् । उनले केहि महिनापछि आफैंले बताउने भन्दै नयाँ कपडाले यो वर्षको दशैं निक्कै रमाईले हुने बताएका छन् ।

उनले फेसबुकमा फोटोसहितको स्टाटसमा लेखेका छन्, लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई । सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाहिं ६ बर्ष पुरानो हो । धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें । दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला । केहि महिना पछि मैले नै बताउने छु । क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता । कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला ।


प्रतिक्रिया दिनुहोस