ताजा समाचार


मंगल ग्रह पृथ्वीको नजिक आइपुग्यो, हरेक बिहान र राति स्पष्ट देख्न सकिन्छ

नेप्लिज संवाददाता २० आश्विन २०७७, मंगलवार १०:३० (6 महिना अघि)    ६०१ जनाले पढ़िसके

काठमाडौं । मंगल ग्रह अहिले पृथ्वीको नजिक छ। सन २००३ यता पहिलो पटक मंगल ग्रह यति नजिक आएको वैज्ञानिकहरुले बताएका छन् । अब १५ वर्षपछि मात्रै मंगलग्रह पृथ्वीको अहिलेको जस्तो नजिक आईपुग्ने वैज्ञानीकहरुले दाबी गरेका छन् । हरेक रात अक्टोबर भर मंगलग्रह पृथ्वीबाट स्पष्ट रुपमा देख्न सकिने पनि वैज्ञानिकहरुको भनाई छ। हरेक बेलुका पूर्वबाट देखिने मंगल ग्रह सबेर बिहान पश्चिम तिर देखिन्छ । रातिमा रातो तारा देखिएको मंगल ग्रह हो । सधैँ यो रातो तारा यसरी स्पष्ट पृथ्वीबाट देखिँदैन । मंगल ग्रह मंगलबार राति ८ बजेर तीन मिनेट जाँदा पृथ्वीबाट सबैभन्दा नजिक आउने वैज्ञानिकले जनाएको छ ।

त्यसबेला मंगल ग्रह पृथ्वीबाट ३८,५८६,८१६ माइलको दूरीमा हुन्छ । यसपछि सन् २०३५ सम्म मंगल ग्रह पृथ्वीबाट यति नजिक हुँदैन। यसअघि सन् २००३ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । त्यसबेला मंगल ग्रह र पृथ्वीबिचको दूरी ३४.६५ मिलियन माइल थियो । आउने हप्तादेखि अक्टोबर १३ सम्म मंगल ग्रह र सूर्यको बिचमा पृथ्वी पर्ने छ । त्यस दिन दिन मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । मंगल ग्रहलाई सूर्यको परिक्रमा पूरा गर्नका लागि ६८७ दिन लाग्छ ।


प्रतिक्रिया दिनुहोस