ताजा समाचार


बुटवलमा प्रदर्शन नियन्त्रणबाहिर, चार दिन निषेधाज्ञा जारी

नेप्लिज संवाददाता १८ आश्विन २०७७, आईतवार ०८:०१ (6 महिना अघि)    ५५१ जनाले पढ़िसके

बुटवल । प्रदेश ५ को राजधानीका लागि दाङ प्रस्ताव गरिएपछि बुटवलमा प्रदर्शन चकिएको छ । प्रदर्शन दिनदिदै चर्किएकाे छ । आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरेर बुटवलमा चार दिन निषेधाज्ञा घोषणा गरेको छ । बिहान ६ बजेदेखि २१ असोज बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ । यो अवधिमा सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन पाईने छैन । त्यस्तै, पाँचजनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भई हिँडडुल गर्न पनि नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो । प्रदेश राजधानी दाङ प्रस्ताव गरिएको विरोधमा शनिबार पनि बुटवलमा प्रदर्शन भएको छ । रुपन्देहीमा आन्दोलन चर्काउन कांग्रेसले जिल्ला बन्दको कार्यक्रम घोषणा गरेको छ । त्यस्तै, रुपन्देहीका संघसंस्थाले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिबार साँझ विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको छ । राजधानीको विषयमा छलफल गर्न शनिबार बुटवलमा बसेको नेकपा संसदीय दलको बैठकमा १४ सांसदले असहमति जनाएका छन् । उनीहरूले प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई नै स्थानीय राजधानी बनाउनुपर्ने जिकिर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस