ताजा समाचार


अनौठो माछा फेला, मान्छेकाे जस्तै ओठ र दाँत !

नेप्लिज संवाददाता २८ असार २०७७, आईतवार ०७:५१ (6 महिना अघि)    २४१ जनाले पढ़िसके

एजेन्सी – समुन्द्रमा अहिले एउटा अनौठो माछा फेला परेको छ । जुन माछाको तस्बिर अहिले भाइरल बनेको छ । मलेसियामा एउटा माछाको प्रजाति नै लोकप्रीय बन्न पुगेको छ ।

मानिसको ओठ र दाँतजस्तै देखिएकाले यो माछाको चर्चा मलेसियामात्र नभएर संसारभर भइरहेको छ ।

माछाको चर्चा परिचर्चा भएपछि मानिसले यसलाई कार्टुनमा पनि प्रयोग गरेका छन् । मानिस यो माछा देखेर आश्चर्यमा परेका छन् । जीव विज्ञानको अध्ययनमा लागेका वैज्ञानिक यो माछा देखेर हैरान भएका छन् ।

मानिसकै जस्तो ओठ र दाँत अहिलेसम्म नदेखेको मलेसियाका वैज्ञानिकहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस