काठमाडौं । काठमाडौं महानगरपालिकाका गाडी चालकलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएएको छ । भक्तपुरका उनलाई कोरोना संक्रमण पुष्टि भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।
उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ । संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको भक्तपुर नगरपालिका प्रमुख प्रजापतिको भनाई छ ।