ताजा समाचार

भारतका २२ राज्यमा एक सताका लागि ‘लकडाउन’

नेप्लिज संवाददाता १० चैत्र २०७६, सोमबार १०:४२ (1 वर्ष अघि)    ४५६ जनाले पढ़िसके

बीबीसी – भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ।

नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय गरेको छ।

भारतको राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागु भयो। तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।

यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म ुजनता कर्फ्यूु लागु गरिएको थियो।

आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गर्‍यो।

कोरोनाभाइरस सङ्क्रमण भेटिएका स्थानमा ती प्रतिबन्ध लागु हुनेछन्।


प्रतिक्रिया दिनुहोस