ताजा समाचार

डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु,थप विवरण आउन बाँकी

नेप्लिज संवाददाता १८ भाद्र २०७६, बुधबार ०३:०० (2 बर्ष अघि)    ७०१ जनाले पढ़िसके

दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताउनुभएको छ । सो डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताउनु भएको छ ।

सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ ।


प्रतिक्रिया दिनुहोस