ताजा समाचार


वडा अध्यक्ष नै कोरियन भाषा पास गरेर कोरिया हिडेपछि

नेप्लिज संवाददाता १२ भाद्र २०७६, बिहीबार ०८:२३ (1 वर्ष अघि)    ९५० जनाले पढ़िसके

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष बमबहादुर घले कोरिया भाषा परिक्षा (इपिएस) पास गरेर कामका लागि कोरिया गएका छन् ।

घले कोरियन भाषा पढेर, परिक्षा पास गरी कोरिया पुगेर काम गरिसकेका छन् । घले केहि समयअघि कोरिया गएपछि जनताको काममा समस्या हुन थालेको गुनासो आउन थालेको छ ।

त्यस्तै केहि समयअघि मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष जगत्मान घिसिङ डिभी परेर अमेरिका उडेका छन् । उनले अमेरिकाबाटै राजीनामा पत्र गाउँपालिका कार्यालयमा पठाएका छन् । उनले करिब ५ महिनापछि राजीनामा पठाएका हुन् । डीभी परेर चैत २७ गते परिवारसहित अमेरिका गएका थिए ।

राजीनामाको सक्कलप्रति अमेरिकाबाट कुरियर गरेर पठाइसकिएकोले केही दिनमा गाउँपालिकामा आइपुग्ने पारिवारिक स्रोतले बताएको हो । गाउँपालिकाले भने इमेलमार्फत् राजीनामा आएको कुराको पुष्टि गर्न चाहेको छैन ।

गाउँपालिकाले बैठक राखेर वडाअध्यक्ष घिसिङको राजीनामा पत्रबारे निर्णय लिने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराइने बुझिएको छ । अग्रिम नेपालबाट


प्रतिक्रिया दिनुहोस