ताजा समाचार


प्रधानमन्त्री आइतबार स्वदेश फिर्ता हुने

नेप्लिज संवाददाता २३ श्रावण २०७६, बिहीबार १९:११ (1 वर्ष अघि)    ४५४ जनाले पढ़िसके

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्कनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए ।
“शुक्रबार आउनुहुन्छ कि भन्ने थियो, तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उहाँ आइतबार मात्रै आउनुहुन्छ”, डा अर्यालले भने । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।


प्रतिक्रिया दिनुहोस